संसद परिसरमा लघुवित्त ऋणीहरू प्रवेशमा सभामुखले चासो

काठमाडौँ- संसद परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुखले गम्भीर चासो लिनुभएको छ । सभामुखले आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिनुभएको छ । उहाँले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताउनुभयो ।
गृहमन्त्रीले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ । उहाँले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको, संसद भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल









