नागरिक सेवामा प्रहरी दत्तचित्त हुनुपर्नेमा जोड

कास्की- : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिक केन्द्रित सेवा प्रवाहमा प्रहरी दत्तचित्त हुनुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षणपछि उहाँले प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत र विश्वसनीय बनाउन निर्देशन दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “शान्ति सुरक्षालाई थप मजबुत र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्नु आवश्यक छ ।” निरीक्षणको क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पूर्ण प्रहरी कार्यालयको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी लिनुभएको थियो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकासराज खनालले प्रदेश सरकारको साथ र सहयोगबाट आगामी दिनमा प्रहरी थप व्यावसायिक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमललगायतले गण्डकी प्रदेशको शान्ति सुरक्षाको स्थितिबारे जानकारी दिनुभएको थियो । त्यस अवसरमा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, मुख्यमन्त्री कार्यालयका सचिव तीर्थराज भट्टराईको उपस्थिति थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








