सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँग,नवनियुक्त तीन मन्त्री पनि विनाविभागीय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघिको सत्ता गठबन्धनबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई पदमुक्त गरेका छन्।
कांग्रेस र एकीकृत समाजवादीसँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएसँगै प्रधानमन्त्री प्रचण्डले यसअघिका बसै मन्त्रीलाई पदमुक्त गर्दै सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँ गठबन्धनबाट आज मन्त्री बन्नु भएका तीन जनाले शपथ लिए उहाँहरुको जिम्मेवारी तोकिएको छैन । कार्यभार पछि तोक्ने गरी माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले आज मन्त्रीपदको शपथ लिनु भएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने








