एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको पार्टीका सचिव काजीराम रोकाले जानकारी दिनुभयो । थापाले दुई सय ८० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपालीले दुई सय पाँच मत प्राप्त गर्नुभएको हो ।
नवनिर्वाचित अध्यक्ष थापा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिनु हुन्छ भने नेपाली पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर मानिनुहुन्छ । सर्वसम्मतरुपमा नेतृत्व चयनको प्रयास असफल भएपछि दुवै पक्षबीच प्यानल नै बनाएर प्रतिस्पर्धा भएको हो । निर्वाचनमा पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा मेनबहादुर अधिकारी विजयी हुनुभएको उहाँले बताउनुभयो । अधिकारी दुई सय ७० मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी कमल दानीले एक सय २१ र अर्का प्रतिस्पर्धी कृष्ण काप्रीले ७१ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै अधिवेशनबाट पार्टी जिल्ला कमिटीको उपसचिवमा दुई सय ६५ मत ल्याएर मनोज जोशी र उपसचिव महिलातर्फ शान्ति चापागाईं विजयी हुनुभएको छ । एमालेमा ९९ सदस्सीय कार्यसमिति रहने व्यवस्था रहेको छ । सोमध्ये ८९ प्रत्यक्ष निर्वाचनवाट निर्वाचित भएर आउने र १० जना भने कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको सचिव रोकाले बताउनुभयो ।फोटोःदैनिक नेपाल
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’