सुमना श्रेष्ठ हत्या प्रकरण : प्रेम सम्बन्ध बिग्रिएपछि योजनाबद्धरूपमा हत्या

प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरान उपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बिपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मुलघाटबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँले प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको बताउनुभयो ।
उहाँका अनुसार हत्या गरिएकी श्रेष्ठ र हत्या आरोपी भुजेलबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानका क्रममा देखाएको छ । तर गत पुसदेखि श्रेष्ठसंग सम्बन्ध बिग्रिएपछि आरोपी भुजेलले योजनाबद्धरूपमा श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रउ रेग्मीले पत्रकार सम्मेलनमा बताउनुभयो ।
प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरीसमेत सार्वजनिक गरेको छ । यही चैत ६ गते राति हत्या गरी धरान–१८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको खोल्सामा फालिएको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १, शुक्रबार ०८:०१‘बिगुल’,’श्री बुकुरो’ र ‘शिवांश’ प्रदर्शनमा
समाचार२०८२ फाल्गुन १, शुक्रबार ०७:१३आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा
समाचार२०८२ फाल्गुन १, शुक्रबार ०७:११वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था
समाचार२०८२ माघ ३०, बिहीबार २१:५१धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न






