Logo

    आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि

    आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि बिष्णु प्रसाद बराल २०७९ पुष ७, बिहीबार ०७:३९ मा प्रकाशित

    सुरज श्रेष्ठ, पोखरा । सहारा क्लब पोखराले प्रत्येक वर्ष आयोजना गर्दे आर्ईरहेको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरको छ । २२ औ आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिता विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

    क्लबले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दे सो कुराको जानकारी दिएको हो । मोफसलको सबैभन्दा चर्चित फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकपमा यस अघिको संस्करणमा विजेताले पाउने नगद रकममा २ लाख र उपविजेतालाई १ लाख थप गरिएको हो ।२२ औ संस्करण पुस १४ गते देखि २३ गते सम्म पोखरा रंगशालामा आयोजना हुदैछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लब,विभागीय क्लब,विदेशी क्लब र आयोजक सहारा क्लबको सहभागिता रहनेछ ।

    प्रतियोगितामा तिन विभागीय त्रिभुवन आर्मी,नेपाल पुलिस र नेपाल ए.पि.एफ रहने छ । मनाङ मस्र्याङ्दी क्लब,चर्च ब्वाइज युनाइटेड फुटबल क्लब,मछिन्द्र क्लब,संकटा क्लब,धरान फुटबल क्लब,आयोजक सहारा क्लब र अमेरिकी फुटबल क्लब गरि १० टीमको सहभागीता हुने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा रहेको बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेका छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्य बहादुर के.सी स्मृतिमा प्रदान गरिने छ ।

    प्रतियोगिताको सह उप प्रायोजक मुल्केरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रा.लि.नागढुंगा रहेको छ । एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी,अफिसियल बैक लुम्बिनी विकास बैंक,अनलाइन टिकेटिङ पार्टनर- MY PAY,अफिसियल स्पोर्ट्स वयर एक्स टेप,एयरसन ईन्टन्यासनल प्रा.लि इन्टरनेट पार्टनर,पब्लिक 4k,टेलिभिजन प्रत्यक्ष प्रसारण,अफिसियल एयरलाइन्स बुद्ध एयर रहेका छन ।“खेलकुदको विकासमा सहकार्य गरौं,पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं”भन्ने उद्धेश्यका साथ आयोजना हन गई रहेको प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी हुने र खर्च कटाएर ४५ लाख ९४ हजार बचत गर्ने आयोजक सहारा क्लबका महासचिव रामजी प्रसाद बरालले बताए ।

    मोफसलको प्रतिष्ठित सहारा क्लबले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी विपन्न तथा कठिन परिस्थितिका १३ जना बालकलाई फुटबल प्रशिक्षण गराउदै आवासीय सुविधा दिएको छ । आयोजक सहारा क्लबले प्रतियोगिताबाट बचत रकम सोही एकेडेमी संचालर्नाथ खर्चिने गर्दछ ।

     

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार