मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत नीलकण्ठ १२ मा सात दिने व्यवसाय सचेतना तालिम सुरु

धादिङ,१५ असोज
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ रिजालडाँडामा आजदेखी सातदिने व्यवसाय सचेतना तालिम सुरु भएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजनामा चालु आर्थिक बर्ष २०८०/०८१ मा कार्यान्वय हुने गरी स्वीकृत भएको मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत तालिम सुरु गरीएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय, मेयर भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारी लगायतको आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा प्रत्येक वडाका २५ जनाको सहभागिता रहने गरी तालिम सन्चालन गरिने प्रशिक्षक सम्झना भण्डारीले जानकारी दिनुभएको छ ।पहिलो चरणको सात दिने तालिम लिएर व्यवसाय सुरु गर्नेहरुलाई नीलकण्ठ नगरपालिकाले २ लाख देखी १५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउने उप मेयर दिपक विश्वकर्माले जानकारी दिनुभयो ।२ लाख सम्मको लागि बिना धितो र २ लाख भन्दा बढीको हकमा धितो राखेर कर्जा उपलब्ध गराईने विश्वकर्माले बताउनुभयो।

सात दिने तालिम लिएकाहरुले व्यवासाय सन्चालन गर्नको लागि लिएको कर्जाको व्याज २ बर्ष सम्म नीलकण्ठ नगरपालिकाले भुक्तानी गर्नेछ ।पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत व्याज नगरपालिकाले तिर्ने गरी बैंक सँग सम्झौता गरीएको प्रमुख प्रसाशकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अतिथीहरुले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नको लागि आग्रह गर्नुभएको थियो । नगरबासीहरुलाई उद्यमी बनाउने उदेश्यले यस्तो कार्यक्रम सन्चालन गरेको भन्दै नवितम सोचका साथ व्यवसायमा लाग्नको समेत आग्रह गर्नुभएको थियो । सात दिन सम्म विज्ञ व्यक्तीहरुबाट सहजिकरण गरिने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १९, शुक्रबार १७:१२नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार १९, शुक्रबार १६:४१शिक्षा, प्रेम र सामाजिक बन्धनको मार्मिक कथा बोकेको ‘गौँथली’ को ट्रेलर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १९, शुक्रबार १६:१९सिंहदरबारभित्रै स्वास्थ्य सेवाः कर्मचारी र सेवाग्राहीलाई राहत
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १९, शुक्रबार १२:३८स्वास्थ्य बिमा बोर्डले दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी








