दशैं कविता – केशव गाैतम

दशैं कविता – केशव गाैतम

शुख शान्ति बनि आओस, देश र घरघरमा बडा दशैं

मनाउन सबले पाउन, यो सालको बडा दशैंले ।।

टाढा भाका परिवारलाई, फर्काएर ल्यायो यो चाडले

आत्मिय र सद्भाव ल्याओस, यो सालको बडा दशैंले।।

माता दुर्गा भवानिले, रक्षा गरुन सबै सबैलाई

दुख कष्ट सबै हरि जाओस, यो सालको बडा दशैंले।।

रातो टिका जमरा साथै मान्यजसँगको आशिष

हामी सबलाई दिलाओस् खुशि यो सालको बडा दशैंले ।।

काट र मार यो कस्तो थिति देवता पूजने हाम्रो चलन
यो कस्तो वर्षेनी सधैं राक्षश बनिने संस्करण हो दशैं ।।

पाकेका धान सिध्याई सबै मस्तीले रमाइलो गर्ने
बाँकीका अरु एघारमा रोएर बाँचिने चाड हो यो दशैं।।

शुभकामना धेरै–धेरै, सबै–सबै नेपालीलाई

खुशीयाली उत्सब छाओस यो सालो बडा दशैंले ।।

लेखकको बारेमा

केशव गाैतम
केशव गाैतमपोखरामा रहेर धार्मिक, सांस्कृतिक, साहित्यिक लगायत विभिन्न समसामायिक विषयवस्तुमा लेखहरु लेख्नुहुन्छ ।
यो पनि पढ्नुहोस् :  चलचित्र 'आइ एम जीत बहादुर' को रोमान्टिक गीत सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   10   =