शान्तिप्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सङ्क्रमणकालीन विधेयक संसदको कानुन तथा मानव अधिकार समितिमा छलफलमा रहेको जानकारी दिँदै विधेयक राष्ट्रिय सहमतिबाट पारित हुने बताउनुभयो ।
आफूले नेतृत्व गर्दा राम्रो तर अरुले नेतृत्व गर्दा नराम्रो जस्तो गरी दृष्टिकोण आउने गरेको उल्लेख गर्दै तर यस्तो विषय राष्ट्रिय प्राथमिकतामा पर्न जरुरी रहेको बताउनुभयो । “हामी आफूमा विश्वास गर्दैनौँ । भाग्यवादमा विश्वास गर्छौँ, तर तथ्यमा, विज्ञान प्रविधिले के भन्छ भन्नेमा ध्यान दिएर कर्ममा विश्वास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “मिलन र सद्भावको संस्कृतिलाई काम गर्नुपर्छ । अल्पसङ्ख्यकको संस्कृतिलाई पनि मानेर जानुपर्छ । बहुलतालाई स्वीकार गरेर जानुपर्ने जरुरी छ ।”
सदनको कार्यकालको समीक्षा गर्दा संसद्ले केही प्रयत्न गरेको उल्लेख गर्दै उहाँले यस अवधिमा कानुन निर्माणमा क्रममा मिटरब्याजसम्बन्धी महत्वपूर्ण कानुन बनाएको अवगत गराउनुभयो । समितिमा विभिन्न २२ वटा विधेयक छलफल भइरहेको बताउँदै उहाँले संसद्लाई प्रभावकारी बनाउन सबैको भूमिका आवश्यकपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले विभिन्न मित्रराष्ट्रहरुको भ्रमण गर्नुभएको विषय सकारात्मक रहेको उल्लेख गर्दै नेता पुनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणमा आएर जलवायु परिर्वतनको असरबारे विश्वलाई जानकारी गराउनु नेपालको लागि उपलब्ध भएको बताउनुभयो ।
अर्थतन्त्रलाई बलियो बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउँदै उहाँले सरकारले स्वतन्त्र परराष्ट्र नीतिअनुरुप काम गर्दै आएको उल्लेख गर्नुभयो । नेता पुनले संसद् अधिवेशनको यो अवधिमा प्रधानमन्त्रीले महिनाको पहिलो हप्ता जवाफ दिने महत्वपूर्ण काम भएको बताउनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल









