सुरज श्रेष्ठको ‘बेनी बजारमा’ उषा र दिनेश (भिडियो)

काठमाडौँ। गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन् । दीपक शर्माले रचना गरेको यस गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भावलाई उतारिएको छ । सुरजको स्वरका लागि दीपकले नै यसमा संगीत दिएका छन् ।
गीतको भिडियोको पृष्ठभूमिमा म्याग्दी जिल्लाको बेनी बजार र आसपास एवम् पर्वत जिल्लाको ऐतिहासिक मल्लाज दरबार तथा कुस्माको शताब्दी घरलाई राखिएको छ । कुमार केसीले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेले प्रमुख अभिनय गरेका छन् । अनिल के. मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले सम्पादन गरेका छन् ।
वि.सं. २०६० देखि गायनमा सक्रिय सुरजको यो १६औँ गीत हो । आफ्नै एल्बमको रूपमा उनले पहिलो पटक २०६९ सालमा ‘सुर हार्मोनिकल नोट’ नामबाट एल्बम बजारमा ल्याएका थिए । उक्त समयमा सो एल्बममा समावेश प्रायः गीतहरू चर्चामा आएका थिए ।
संगीतकारहरू राजु सिंह, सुरेश अधिकारी, अर्जुन पोखरेल, कमलमान सिंह, उदेश श्रेष्ठ, डीजे सन्तोष लगायतको संगीतमा स्वर दिएका श्रेष्ठका जिस्कन्छे मुईयाले, मुद्दा हाल्दिनु, पहिलो माया, भुल्यौ की, लाग्दैन निद्रा लगायतका गीतहरू चर्चित छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल









