रोज लामाको ‘मेरो माया सजाउँदा’ मा आयसा र नहिम(भिडियो)

काठमाडौँ। गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् । विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिए रहेका गीतकार रोज हाल दोहा कतारमा छन् ।
विगत लामो समयदेखी गीत लेखनमा सक्रिय गीतकार रोज लामा योन्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने सशी किँरातीको स्वर रहेको छ ।
सार्वजनिक गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयसा क्षेत्री र नहिम अलीले अभिनय गरेका छन् । गीतकार रोज लामा योन्जनको अर्को गीत ‘तिम्रो नयन’ पनि केही समयअघि युट्युवमा सार्वजनिक गरिएको थियो ।
https://www.youtube.com/watch?v=qnYxzJH9aMs
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
खेलकुद२०८३ आश्विन २३, शुक्रबार २०:१९एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी









