‘कोप’ २८ मा सहभागी भएर प्रधानमन्त्री आज स्वदेश फर्कंदै

काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै हुनुहुन्छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी सम्मेलनमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर १३ गते त्यसतर्फ जानुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई हिजो सम्बोधन गर्नुभएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जलवायु उत्सर्जनमा शून्य योगदान रहेका मुलुकहरूले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोग्नुपरेको बताउनुभयो ।
प्रधानमन्त्रीले ‘जलवायु परिवर्तन प्रकृति र मानवता विरुद्धको युद्ध’ भएको र आफ्नो स्वार्थ पूरा गर्नका लागि हामी आफैँ र भावी पुस्तासँग समेत लडिरहेको उल्लेख गर्नुभयो । उहाँले मानवजातीका लागि हिमाल बचाउन आह्वान गर्दै निर्दोष जनताका लागि जलवायु न्यायको पक्षमा नेपाल उभिएको प्रष्ट पार्नुभयो ।
जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताबाट नेपाललाई बहुपक्षीय लाभ भएको विश्लेषण गरिएको छ ।
जलवायु मुद्दामा नेपाल अन्यायमा परेको विषय विश्व समुदायलाई जानकारी गराउन, यूएईमा रहेका नेपालीहरुको समस्या पहिचान गरी समाधानको उपाय निकाल्न र यूएईका लगानीकर्ताहरुमाझ नेपालको लगानीमैत्री वातावरण बारे जानकारी गराउन प्रधानमन्त्रीको भ्रमण फलदायी भएको विश्वास गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार २२:२५सरकारसँग अनुमती लिएर मात्रै ठूलो पर्दामा विश्वकप हेर्न पाइने
समाचार२०८३ जेष्ठ २८, बिहीबार १९:४७धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २८, बिहीबार १४:३०बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २८, बिहीबार ०९:५३चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न









