राष्ट्रिय सभा निर्वाचनका लागि आयोगमा १२ वटा राजनीतिक दल दर्ता

काठमाडौँ – आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका १ सय १९ दलमध्ये १२ वटा दलले मात्रै यस निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन ।
राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख एवम उपप्रमुख र अध्यक्ष एवम उपाध्यक्षहरुले मात्रै मतदान गर्न पाउने ब्यवस्था छ ।
निर्वाचन आयोगमा दर्ता भएका १ सय १९ मध्ये करिब १५ प्रतिशत दलले मात्र राष्ट्रिय सभाको निर्वाचनमा भाग दल दर्ता गराएका छन् । बाँकी एक सय सात दलले यस निर्वाचनमा भाग नलिने भएका छन ।
राष्ट्रिय सभाको निर्वाचनका लागि आयोगले दल दर्ताका लागि मंसीर २४ देखि २९ गतेको समय निर्धारण गरेको थियो ।
निर्धारित अवधिभित्र नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल मज्दूर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले दल दर्ता गरेको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।
निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई पुस १ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । आयोगले पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि फागुन २० गते पूरा हुने भएकाले रिक्त हुने सिटका लागि निर्वाचन हुन लागेको हो । २० मध्ये १९ जना निर्वाचनबाट र एकजना राष्ट्रपतिबाट चयन हुने व्यवस्था रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न









