अहिलेको संविधानले कुनै एक दलको मात्र वहुमत आउँदैन: देउवा

नुवाकोट – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले अहिलेको संविधान अनुसार कुनै पनि दलको वहुमत नआउने भएकाले राजनीतिक दलहरुले गठबन्धन गरेर अघि बढ्नु परेको बताउनुभएको छ ।
नुवाकोटको विदुरमा आयोजित कांग्रेस नुवाकोटको प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको विधान र देशको संविधान दुवैको विषयमा कुरा उठिरहेको र आफुले गम्भीरतापूर्वक लिएको बताउनु भयो।
आफ्नै दलभित्रसमेत विविध विचार आइरहेका कारण कांग्रेसले पनि अव सोचेर अगाडि वढ्नुपर्ने वेला आएको सभापति देउवाले बताउनुभयो । कांग्रेस आफ्नै भाई भाई फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशको समस्या समाधानका लागि अहिलेको सरकारको विकल्प आवस्यक रहेको बताउनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार २२:२५सरकारसँग अनुमती लिएर मात्रै ठूलो पर्दामा विश्वकप हेर्न पाइने
समाचार२०८३ जेष्ठ २८, बिहीबार १९:४७धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २८, बिहीबार १४:३०बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २८, बिहीबार ०९:५३चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न









