चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

काठमाडौ । आगामी माघ १९ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् ।
ओएसआर डिजिटलबाट सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री निकै सुहाएको छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मनोरन्जन श्रेष्ठको कलर छ । चलचित्रमा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने र राजेन्द्र गिरीको अभिनय छ ।
राजु गिरीको निर्देशन रहेको चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ । नारायण खाती प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन् । चलचित्रलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार २२:२५सरकारसँग अनुमती लिएर मात्रै ठूलो पर्दामा विश्वकप हेर्न पाइने
समाचार२०८३ जेष्ठ २८, बिहीबार १९:४७धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २८, बिहीबार १४:३०बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २८, बिहीबार ०९:५३चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न









