मन्त्रीहरुलाई जिम्मेवार बनाउन लागिपरेको छु, हेरफेर गर्न होइन- प्रधानमन्त्री दाहाल

मन्त्रीहरुलाई जिम्मेवार बनाउन लागिपरेको छु, हेरफेर गर्न होइन- प्रधानमन्त्री दाहाल

विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण र जनताका कामका बारे सरकार संवेदनशिल भएर अगाडि बढ्ने बताउनु भएको छ ।

विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले विभिन्न मन्त्रालयहरुको रिपोर्ट हेर्ने कार्य भइरहेको र मन्त्रीहरुलाई विशेष जिम्मेवारी दिइने तथा काम सम्पन्न नगर्नेहरु प्रति कडा रुपमा प्रस्तुत हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले अहिले सरकार पुनर्गठन नै गरिहाल्ने अवस्थामा आफु नभएको र मन्त्रीहरुलाई जिम्मेवार बनाउन आफु लागि परेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले पर्यटन मन्त्रीले अभिव्यक्त गरेको धार्मिक विषयलाई आफुले गम्भिर रुपमा लिएको र सम्बन्धित मन्त्रीसँग कुरा गरेर यसबारे निर्णय लिने पनि बताउनुभयो ।

अर्को एक प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामाकरण बारे भइरहेकेा विवादलाई छलफल र सम्वादबाट हल गर्न प्रयासरत रहेको र यसलाई अतिवादतर्फ नलैजान आग्रह गर्नुभयो ।

फरक प्रसंगमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले पार्टी नाम नेपाल कम्युनिष्ट पार्टी समाजवादी वा समाजवादी केन्द्र राख्ने गरी छलफल भइरहेको पनि जानकारी दिनुभयो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *