विल्सनविक्रमको ‘लाहुरे एण्ड दाउरे’ मा दयाहाङ अनुबन्धित

काठमाडौं । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर अभिनेता विल्सनविक्रम राईले चलचित्र ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङसँग आइतबार लिखित सहमति भएको छ । विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले चलचित्र बनाउन लागेको हो । चलचित्रको शीर्ष भूमिकामा दयाहाङसँगै विल्सनविक्रम पनि देखिनेछन् । चलचित्रमा अभिनेता बुद्धि तामाङ पनि अनुबन्ध भएका छन् । अभिनेत्री र अन्य कलाकारबारे टुंगो लाग्न बाँकी छ ।
कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको चलचित्रको लेखन तथा निर्देशन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ । विल्सनका अनुसार चलचित्र कमेडी र प्रेमकथामा बन्ने छ । चलचित्रको निर्माता सरिना लामा र डिबी राई हुन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् । २०८१ सालको भदौमा छायांकन गर्ने तयारी रहेको चलचित्रको संगीत अनमोल गुरुङले गर्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २६, मंगलवार १७:१६ग्यास अभावप्रति सांसद आशिका तामाङको कवितामार्फत व्यङ्ग्य
समाचार२०८३ श्रावण २६, मंगलवार १६:५०सुनसरी र सिरहामा प्रदर्शनको क्रममा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २६, मंगलवार १४:५७‘मास्टर्नी’को ‘गुराँस फुल्दा’ गीत सार्वजनिक
सूचना-प्रविधि२०८३ श्रावण २६, मंगलवार १४:४०नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य









