केशव गाैतमद्वारा मन्त्री सुदन किराँती ज्यूलाई खुला पत्र

केशव गाैतमद्वारा  मन्त्री सुदन किराँती ज्यूलाई खुला पत्र

पोखरा । सुदन किराँती तपाईं मन्त्री र काम गरेको हेर्दा त तपाई त साधण जनताको मन्त्री जस्तो लाग्थ्यो तर त्यो त फरक पो निस्काे त । हाम्रो नेपाली समाज बहुजातीय, बहुभाषिक , बुहुधार्मिक , बहुसांकृतिक ,विविधता युक्त सामाजिक सहिष्णुता सहितको देश हो । यहाँ बसोबास गर्ने प्रत्येक नेपालीले आआफ्नै धर्म संस्कार संस्कृति चाल चलन रितिरीवाज रहेको पाईन्छ । हाम्रो देशमा हिमाल पहाड तराई गरि भौगोलिक रुपमा आफ्नै विविधता भएको देशका बासिन्दा हौ नाकि कुनै एक सम्प्रदायको बिराेध र अर्को सम्प्रदायको सपाेर्ट गरेको देखिदैन ।

मन्त्री ज्यू तपाई  त झन् सार्वजनिक पदमा बसेर त्यस्तो भन्न मिल्ला र ? सोच्नुस् तपाई त झन् किरात राजा यलम्वरको पुर्खा होइन र अझ भन्नू पर्दा त तपाईंको पुर्खा त प्रकृति पुजक पनि त हो नि कि क सो यस्तो समाजमा हुर्केको व्यक्तिले कुनै एक समाजलाई खुशी पार्न वा कुनै अनुचित काराेवारमा परेर यसरी बाेल्दा तपाईंले केहीँ साेच्नुपर्ने होइन न र ?

कि जे बाेलेनी हुन्छ याे देशकमा भनेर बाेल्नु भएको त? अनि के तपाईंको सुशासनको नारा नारा मात्रै सिमीत हो र ? अब तपाईं भन्नुहुन्छ कम्युनिस्टको कुनै धर्म नै हुदैन रे त्यसो भए  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री चाहिँ किन बन्नु भएको त  कि यो मन्त्रालयकाे काम नै थाहा थिए न र तपाईंलाई अनि यश मन्त्रालयमा बसेर के बोल्ने भन्ने कुन पनि हेक्का हुनुपर्ने हो यस्तो संवेदनशील मन्त्रालय संहालेपछि त ।

होइन तपाईंले परिवर्तनलाई आत्मसात् मात्र गर्न खाेजेकाे भन्नुभएको भने कस्तो परिवर्तन त ? के तपाईंले जनयुद्धकाे बलामा बाेलेकाे परिवर्तन यहीँ हाे त ? याे कदापि होइन  जनताले त तपाईलाई असल र जनताकै सेवक भनेका थिए आखिर त तपाई अर्कैकाे सेवक बनेर निस्कनु भयाे त । अनि अब तपाईंलाई हाम्रो व्यवस्थापन विरुद्ध अथवा संविधानको कुरा गर्नु हुन्छ भने तपाईंले बाेलेका कुरा त संविधान विरोधि र त्यसका विरुद्ध त देश द्राेहको मुद्दा पाे आकर्षण हुन्छ ।

यो पनि पढ्नुहोस् :  ‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन

त्यसै यो सामाजिक सहिष्णुता भड्काउने काम गर्न  कसैलाई छुट छै  कि छ मन्त्री ज्यू ? हाेलान तपाईले गरेका राम्रा काम पनि तर जतिसुकै राम्रो गरेता पनि एउटामात्र कुनै नराम्रो काम भयो भने त्यो सबै फेरि बालुवामा पानी हाले सरह हुन्छ किन कि भनिन्छ नि एउटा झुट लुकाउन सयभन्दा धेरै झुट बाेल्नु पर्छ । त्यसैले त तपाईंले गरेका राम्रो काम पनि राम्रै प्रशंसा पादा पाउदै तपाईलाई त त्यो ग्रहण गर्न नसक्ने स्थितिमा हुन पुगेर यो अवस्था आयो अब तपाईंको र तपाईंको सरकारले कि त राजीनामा सहित आत्मा आलोचना गर्ने कि भने बर्खास्त गर्ने त्यो भन्दा अर्को बिकल्प पनि त छै ।

आखिरमा आफ्नो बाेलिले आफैंलाई पोल्याे नि त्यो नै खतराको संकेत पनि हो । यदि जनस्तरबाट ठुलो आन्दोलनको घोषणा भयो भने र आन्दोलन नै सुरु भयो भने यहीँ र यसै अन्य कुनै पनि व्यवस्था लामाे समयसम्म टिक्न सक्दो रहेनछ भन्ने कुराको  पुष्टि गर्छ ।

यसरी सार्वजनिक व्यक्तिले बाेल्ने र तिनले अनुसरण गर्ने कुराको त बिचार गर्दा नै राम्रो हुने थियो । अब तपाईं सनातनीको मानाे खाएर सनातनकै विरोध गर्नाले महंगो पर्छ भन्ने कुरा त्यो त अब मन्त्री किराँती ज्यू लाई नै थाहा हाेला । त्यसैले मिलेर बसेकाे समाजलाई कहिलै पनि भड्काउने काम नगरौ ।

लेखकको बारेमा

केशव गाैतम
केशव गाैतमपोखरामा रहेर धार्मिक, सांस्कृतिक, साहित्यिक लगायत विभिन्न समसामायिक विषयवस्तुमा लेखहरु लेख्नुहुन्छ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   9   =