माओवादी केन्द्रकाे विधान सम्मेलन फागुनकाे पहिलाे साता

काठमाडाैँ– नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो । बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले मुलुकको समग्र परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुत दिनुभएको थियो । माओवादीले पार्टी रुपान्तरणका लागि गत भदौदेखि चारमहिने अभियान सञ्चालन गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









