बसाई सरे राउटे समुदाय

सुर्खेत- जंगलमा फिरन्ते जीवन विताईरहेका लोपोन्मुख राउटे सदस्यकी एक किशोरीको मृत्यु भएपछि समुदाय नै बसाई सराइ गरेका छन् ।
बिहीबार राती हरिबहादुर शाहीकी १२ बर्सिया छोरी दुर्गा शाहीको मृत्यु भएपछि राउटे समुदायको वस्ती सरेको हो ।
समुदायका कुनै मानिसको मृत्यु हुने बित्तिकै यो समुदायको परम्परा अनुसार उक्त स्थान छाडेर अन्यत्र जाने चलन रहेको छ । दैलेखको भैरबी गाउपालिका–४, को गडजिउलामा बस्दै आएका राउटे समुमदाय शुक्रबार बस्ती सरेको हो ।
उनीहरुले शुक्रबार नै मृत्तक दुर्गाको दाहसंस्कार गरी दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका–४, सुईयातडामा बसाई सरेको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिनु भयो । राउटे समुदायमा कुनै सदस्यको मृत्युपछि वस्ती नजिकै गाड्ने चलन रहेको छ ।
राउटे समुदायमा कुनै सदस्यको मृत्यु भएपछि वस्ती सर्ने चलन परापूर्वकालदेखि चलि आएको राउटे अगुवाहरु बताउँछन् । खत्रीका अनुसार पछिल्लो दुई वर्ष यता राउटे समुदायको जनसंख्या घटदै गईरहेको छ । हाल जंगलमा फिरन्ते जीवन विताउने राउटेको जनसंख्या १ सय ३७ जना मात्र रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ








