डेल्फिकको कार्यक्रममा बोर्डको सहभागिता रोक्न प्रवक्ताले दिए मन्त्रालयमा निवेदन

काठमाडौं । बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागिताको विषयलाई लिएर चलचित्र विकास बोर्डका पदाधिकारीबीचको मतभिन्नता सतहमा आएको छ । कार्यक्रममा अध्यक्ष भुवन केसी र बोर्डको सहभागितालाई रोक्न निर्देशनको माग गर्दै प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका छन् ।
बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् । उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरु र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ । बुढाथोकीले मन्त्रालयमा बुझाएको पत्रमा लेखेका छन्, ‘कार्यक्रमको विश्वसनीयता र गरिमा बढाउन चलचित्र विकास बोर्डको सहभागिताको प्रचार व्यापक गरिएको छ । यो एकप्रकारको बोर्डको दुरुपयोग हो ।’
केही वर्षयता विदेश घुमाउने मोह देखाएर चलचित्र क्षेत्रको प्रवद्र्धनको नाममा पैसा कमाउने धन्दा फस्टाएको र यसले गर्दा कार्यक्रमको विश्वसनीयता र प्रतिष्ठा घट्दै गएको बुढाथोकीले उल्लेख गरेका छन् । उनले यसको बोधार्थ पत्र निर्देशक समाज, निर्माता संघ, कलाकार संघ र चलचित्र पत्रकार संघलाई पनि पठाएका छन् । यो कार्यक्रमका लागि जाने तयारीमा रहेका केहीको भिसा आइसकेको जनाइएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ









