कांग्रेस महासमितिमा पत्रकार अधिकारी उठाए मिडियाका मुद्दा

ललितपुर गोदावरी,१० फागुन
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनबाट महासमिति सदस्य तथा पत्रकार सरोज अधिकारीले मिडियाका मुद्दा उठाएका छन्। नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासिमिति सदस्य अधिकारीले पछिल्लो समय मिडियामा देखिएको संकट समाधानका लागि देशको ठूलो पार्टी कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।
उनले प्रेस स्वतन्त्रतामाथिको हमाल नै लोकतन्त्रमाथिको हमाल भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउनका लागि लोकतन्त्रको हिमायती पार्टी नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने बताएका हुन् ।उनले भने, ुपछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ । यसतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण होस् ।
उनले शुभेच्छुक संस्थालाई पार्टीले मतदानका लागि मात्रै उपयोग गर्न खोजेको उल्लेख गर्दै अधिकार पनि दिनुपर्ने बताएका हुन् । उनले भने, भूगोलबाट आउने र शुभेच्छुक संस्थाबाट आउने सबैको योगदान उत्तिकै भएकोले अधिकार पनि दिनुपर्दछ।पछिल्लो समय नियोजित तरिकाले मुलधारका मिडियालाई बदनाम गराउने र लोकतन्त्रलाई कमजोर बनाउने गतिविधिहरु भइरहेकोले त्यसतर्फ पनि पत्रकार अधिकारीले ध्यानाकर्षण गराएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









