नवनियुक्त १६ मन्त्रीले लिए शपथ

काठमाडौँ- नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
प्रधानमन्त्रीले हिजो तीन जना मन्त्री मण्डल विस्तार गर्नु भएका प्रधानमन्त्रीले आज १६ जना मन्त्री थप गर्दै नयाँ समीकरणबाट दोस्रो पटक बुधबार मन्त्रिपरिषद् गर्नु भएको हो।
एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेलाई उपप्रधानमन्त्री सपथ लिनु भएको छ । भने बाकी १६ जनाले मन्त्रीको सपथ लिनु भएको छ ।

बढीमा २५ सदस्यीय मन्त्रीमण्डल बन्न सक्ने संवैधानिक ब्यवस्था अनुसार २० सदस्यी मन्त्रीमण्डल बनि सकेको छ भने नयाँ सत्ता समीकरणको सहयात्री बनेको उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी दल भने सरकारमा सहभागी भएन् ।
मधेश प्रदेशमा मुख्यमन्त्री आफ्नो कायमै रहनुपर्ने प्रष्ट प्रतिवद्धता नआएसम्म समीकरणमा भएपनि मन्त्रीमण्डलमा सहभागी हुन नसकिने संकेत जसपाले गरेको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजबादी गरी चार दल मात्र सरकारमा सहभागी रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न









