१३औँ नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल मार्च २० बाट

काठमाडौँ । १३औँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेसन)ले फेस्टिभलको आयोजना गर्न लागेको हो ।
शुक्रवार एक कार्यक्रमकाबीच द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले फेस्टिभलको विभिन्न पक्षबारे जानकारी दियो । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास बर्षः सांस्कृतिक विविधताको उत्सव’ मूल नारा सहित आयोजना हुने फेस्टिभलको १३औँ संस्करण हो ।
अभिनेत्री उपासना सिंह ठकुरी चलचित्र महोत्सवको एम्बेसडरको रूपमा नियुक्त भएकी छन् । काठमाडौँको सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमामा मार्च २० (चैत्र ७) मा उद्घाटन हुने महोत्सव मार्च २३ (चैत्र १०) सम्म चल्नेछ ।
महोत्सवको उद्घाटनमा मार्टीन म्याकडोनाग निर्देशित विभिन्न अवार्ड जितेको चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रदर्शन हुनेछ । ‘द ब्यानशीस अफ इनीशेरीन’ चलचित्रको पुनः प्रदर्शन २२ मार्च (चैत्र ९ गते) दिउँसो १.३० मा हुनेछ । विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त यो चलचित्र सुन्दर र मनमोहक आइरीस ग्रामीण परिवेशमा सरल तर अर्थपूर्ण कथावस्तु समेटिएका छन् ।
महोत्सवको हरेक स्क्रिनिङ्ग एउटा नेपाली र अर्को युरोपियन चलचित्र गरी दुई वटा फिल्महरु देखाइने छन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरूका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो । विजेता चलचित्रका निर्देशकहरू सहित अन्य युवा निर्देशकहरू शरद क्रृतुमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्रहरुको महोत्सवमा सहभागी हुनेछन् ।
महोत्सवमा भाग लिने युवा निर्देशकहरूको छनौट भने बाँकी रहेको छ । महोत्सवको लागि १० वटा लघु नेपाली चलचित्रहरू प्रतिस्पर्धामार्फत छनौट गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा. जोएल इभोनेटले युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० बर्ष मनाउन युरोपको विविधतापुर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सृजनशीलता काठमाडौँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म अत्यन्त रहेको बताए ।
महोत्सव अवधिभर ९ युरोपियन चलचित्रहरू र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । युरोपियन चलचित्रहरूमा मार्टीन म्याकडोनाग निर्देशित द ब्यानशीस अफ इनीशेरीन (आयरल्याण्ड), मेरियन ब्लिचर निर्देशित मिस भिर्बोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कुल गर्लस् (स्पेन), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित सरभेन्टस् (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया), भिक्टर बोजिनोभल निर्देशित द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड (बुल्गेरीया), जाइदा बरग्रोथ निर्देशित टोभ (फिनल्याण्ड) र रोड्रिगो सोरोगोएन निर्देशित द बीस्ट (स्पेन) रहेका छन् ।
त्यस्तै महोत्सवमा नेपाली चलचित्रमा शान्ता नेपाली निर्देशित डाय ड्रिम्स, गोपाल आचार्य निर्देशित डिभिनेसन् (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौँ मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकाङ्क्षा कार्की निर्देशित सनाई, स्वोयन मास्के मानन्धर निर्देशित द बुल, द काउ, द काल्फ, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित रिल रहेका छन् ।
महोत्सव अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा चलचित्र प्रदर्शित हुनेछन् । यसैगरी महोत्सवको अर्को गन्तव्य लुम्बिनी प्रदेशको नेपालगञ्ज हुनेछ । जहाँ अप्रिल १५ मा चलचित्र प्रदर्शन हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा १९ र २० अप्रिलमा चलचित्र महोत्सव हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट









