मस्को आक्रमण अपडेटः १ सय ३३ जनाको मृत्यु, १ सय ४० भन्दा बढी घाइते

रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा हतियारधारीले आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । सो हमलामा परी १ सय ४० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
क्रोकस सिटी हलको कन्सर्टमा सहभागी हुन आएकाहरुमाथि अज्ञात बन्धुकधारी समूहले आक्रमण गरेको बिबिसीले उल्लेख गरेको छ । आक्रमणकारीले स्वचालित हतियार प्रयोग गरेका थिए ।
आक्रमणपछि भवनमा आगलागी भएको र त्यसभित्र धेरै मानिस फसेको अनुमान रहेको समाचारमा उल्लेख छ । घटनाको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेटले लिएको छ ।
इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको दाबी विश्वसनीय भएको अमेरिकाले बताएको छ । ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिने काम भैरहेको भन्दै आक्रमणमा युक्रेनले कुनै पनि संलग्नता अस्वीकार गरेको जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २, शनिबार २०:३५तेस्रो स्थानका लागि आज फ्रान्स र इंग्ल्याण्ड भिड्दै « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २, शनिबार ०९:१४‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १७:४५“खुला पत्र” पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने/ घटाउने सम्बन्धमा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:४१‘पेन्सन पट्टा’ को पहिलो गीत सार्वजनिक, दयाहाङ, बुद्धि र विल्सनसँगै गौमाया









