नयाँ शैक्षिक सत्रका लागि हिमाली जिल्ला म्याग्दीमा भित्रियो नयाँ पाठ्यपुस्तक

हिमाली जिल्ला म्याग्दीमा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक भित्रिएका छन् । आगामी शैक्षिक सत्र सुरु हुन अझै आधा महिना बाँकी हुदै जिल्लामा पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई हटाउन म्याग्दीका पुस्तक व्यवसायीहरुले जिल्लामा सरकारी विद्यालयका लागि पाठ्यपुस्तकको उपलब्धता गराउन सुरु गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको छ । महासंघमा आबद्ध व्यवसायिहरुले सामुहिक रुपमा लगानी गरी डिपो सञ्चालनमा ल्याएर जिल्लामा सहज रुपमा पाठ्यपुस्तक उपलब्ध गराउन थालेको शर्माले बताउनुभयो ।
उहाँका अनुुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई आबश्यक पर्ने सरकारी पाठ्यपुस्तक जिल्लामा आईसकेको छ । ‘विद्यार्थीको अनुमानित संख्याका आधारमा पुस्तक ल्याएका छौँ, अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तक समेत ल्याउने प्रवन्ध मिलाएका छौँ, यो बर्ष जिल्लामा वैशाख १ गतेभित्रमा नै विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक पुग्छ ।’ उहाँले भन्नुभयो ।
वि.स. २०७२ सालदेखि म्याग्दीका पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा सरकारी विद्यालयका पाठ्यपुस्तक विक्रि गर्दै आएका छन् । यो बर्ष महासंघमा आबद्ध जिल्लाका २८ जना व्यवसायीहरुले रु १ करोड लगानीमा कक्षा १ देखि १० सम्मका करिब १६ हजार पाँच सय विद्यार्थीहरुको लागि पाठ्यपुस्तक जिल्लामा ल्याएको पुस्तक व्यवसायी ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम बेनीमा विक्रि कक्षा सञ्चालनमा ल्याएका व्यवसायीहरुले स्थानीय तहमा रहेका व्यवसायीहरु मार्फत पायक पर्ने ठाउँसम्म ढुवानी समेत गरेर सहज रुपमा पाठ्यपुस्तक विक्रि वितरण गर्ने तयारी गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष समेत रहनुभएका शर्माले जानकारी दिनुभयो । सबै व्यवसायिहरुको अपनत्वमा सामुदायिक विद्यालयहरुलाई सहज रुपमा समयमै पुस्तक उपलब्ध गराउने उदेश्यले विक्रि केन्द्र सञ्चालन गर्ने गरिएको महासंघ म्याग्दीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल








