जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

महेन्द्रनगर (कञ्चनपुर) ४ वैशाख । कञ्चनपुरको महेन्द्रनगरमा सोमबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र भीमदत्त नगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले उद्घाटन गरे ।
महेन्द्रनगरस्थित खुल्ला मञ्चमा भएको पहिलो खेल दीपज्योति युवा क्लब र अरनिको युवा क्लबबीच बराबरीमा टुङ्गिँदा समान एक/एक अङ्कमा बाँडेका छन् । कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव नितेश रावलले निर्धारित समयमा गोलरहित हुँदा दुवै टोलीले अङ्क बाँडेका जानकारी दिए ।
त्यसैगरी, सोमबारको दोस्रो खेलमा निङ्गलाशैनी विकास समाजले विजयी सुरुआत गरेको छ । निङ्गलाशैनीले द ग्यालेक्सी युवा क्लबलाई ३–२ गोलले पराजित गर्दै आफ्नो विजयी यात्रा सुरुआत गरेको हो ।
आज रोयल गोर्खाज स्पोर्टस् क्लब र आदर्श समाज, कञ्चन समाज र महेन्द्रनगर युनाइटेड तथा अन्तिम खेल त्रिपुरा समाज र राम युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टोली रु ५१ हजार एक सय ११, उपविजेता टोलीले रु २५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कारस्वरुप रु ११ हजार एक सय ११ नगदसहित पुरस्कृत हुनेछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) वार्षिक कार्यतालिकाअनुसार भइरहेको प्रतियोगितामा कूल ११ टोली सहभागी छन् ।रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न