पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल

पोखरा । पशुपतिनाथ मन्दिर पोखराको तेह्रौ साधारण सभा तथा पाचौ अधिवेशन बुधवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दामोदर सिग्देलको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विसिना लम्साल, सचिवमा कृष्ण हरि सिग्देल, सह-सचिवमा देवका कुमारी पौडेल, कोषाध्यक्षमा नवराज बास्ताेला, सदस्यहरुमा पुष्प राज सिग्देल, खेमराज पौडेल, दिपा पाठक, अप्सरा मल्ल, राधादेवी पौडेल, बालकृष्ण बराल त्यसैगरी संस्थाको सल्लाहकारमा देवीप्रसाद चालिसे, विरेन्द्र नारायण बिजुक्छे, रामचन्द्र पौडेल, सुयश श्रेष्ठ, ईश्वरी सुवेदी चयन भएको निर्वाचन समिति संयोजक डा. श्रीकान्त शर्मा खतिवडाले जानकारी गराउनु भयो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम बरालको अध्यक्षता तथा धार्मिक तथा समाजसेवी व्यक्तित्व युक्त प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दामोदर सिग्देलले स्वागत मन्तब्य तथा सचिव गाेविन्द बराल ज्युले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि धार्मिक तथा समाजसेवी व्यक्तित्व युक्तप्रसाद श्रेष्ठले आफ्नो मन्तव्य राख्दै सनातन हिन्दु धर्म तथा मठमन्दिर माथि अहिले विभिन्न कोणबाट आक्रमण हुन थालेकोले यसलाई जोगाउन सनातन धर्मालम्बिहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।
कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि सर्वसहमतिमा पारित समेत गरिएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २, शुक्रबार ०८:४४‘जदौ’को ट्रेलर सार्वजनिक, अन्तरजातीय सम्बन्धको कथा
समाचार२०८३ आश्विन २, शुक्रबार ०७:०८वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २, शुक्रबार ०७:००अर्घाखाँचीमा विद्यालयमा एचपिभी खोप कार्यक्रम सुरु
समाचार२०८३ आश्विन २, शुक्रबार ०६:३०विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार








