पोखराको पुम्दिकोटमा कैलाशधाम निर्माणको लागि श्रीमद्भागावत ज्ञान महायज्ञको तयारी

पुम्दीकोटमा कैलाशधाम निर्माणको लागि पुम्दीकोट कोट विकास समितिले श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्री महिमा २०८१ गर्न लागेको छ।
आउदो फागुन सात गतेदेखि १५ गतेसम्म संचालन हुने उक्त महायज्ञमा पुराण बाचक राधिका दासीले प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गरएकोको छ।
पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकको बसाइ एक दिन पनि लम्बाउन तथा विशाल महादेवको मूर्तिमा लेजर लाइटमार्फत शिवलीला प्रदर्शन गर्ने संरचना निर्माण गर्न महायज्ञ आयोजना गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।
महायज्ञबाट संकलित रकमबाट साँझको समयमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीला सहितको वृत्तचित्र प्रस्तुतिका लागि आवश्यक संरचना निर्माण गरिने बरालले बताउनु भयो

कैलाश पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँचका लागि शिसाको पुल निर्माण, हरियाली उद्यान, अन्तर्राष्ट्रिय ध्यानमा इको साउन्ड नियन्त्रण लगायतका संरचनाको रणनीतिक लक्ष्य राखी महायज्ञ गर्न लागेको बताए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









