श्री गण्डकी कोटिहोम महायज्ञमा आज शुक्रबार देवी प्रतिभा जी को स्वागत तथा अनुराधा पाण्डेयको विदाई

पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिवत रुपमा अगाडी बडिरहको छ । बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको छ ।
बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखी संगितमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् । यसैविच उनको कथा प्रवचन शुक्रबार समापन हुदै छ । अनुराधा पाण्डेयलाई यस कोटिहोम महायज्ञबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।
संगसंगै शुक्रबार नै चर्चित कथा वाचिका श्रीमद्भागवत कथा प्रवक्ता देवी प्रतिभाको पनि आगमन हुदै छ । शुक्रबार देवी प्रतिभालाई पोखरामा स्वागत गर्ने कार्यक्रम रहेको छ । देवी प्रतिभा काठमाडौं आइसक्नुभएको शुक्रबार बिहान पोखरामा आगमन रहने कार्यक्रम तय भैसकेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।
यता यथास्थानमा शुक्रबार बिहान ठीक १० बजे देखी अनुराधा पाण्डेयले कथा प्रवचन गर्ने कार्यतालिका छ । त्यस्तै दिउँसो २ बजे देवी प्रतिभालाई पोखराको बिरौटामा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार देवी प्रतिभा जीलाई स्वागत गर्नको लागि सम्पूर्ण पोखराबासीहरुलाई आयेजकले आग्रह गरेको छ । श्री गण्डकी कोटिहोम महायज्ञमा कथा प्रवचनका लागि शितलकृष्ण महाराज र सुप्रिया किशोरीको आगमन
पोखरा महानगरपालिका वार्ड नं। १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा नेपालका दुई चर्चित कथावाचक तथा वाचिकाको आगमन भएको छ । भागवत कथावाचनको क्षेत्रमा निकै लोकप्रिय कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराज र लोकप्रिय प्रवचनकर्ता सुप्रिया किशोरीको आगमन भएको छ ।
आचार्य श्री शितल कृष्ण जी महाराजले बैशाख ४,५ र ६ गते विभिन्न विषयमा प्रवचन राख्ने कार्यक्रम रहेको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै सुप्रिया किशोरी जी ले पनि कोटिहोम महायज्ञमा भोलिदेखि नियमित रुपमा विभिन्न बिषयमा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
२०८२ साल बैशाख १७ गतेदेखी सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले पोखरा १७ बिरौटा,प्रगतीटोलमा गत चैत्र २९ गतेदेखि वाल बिदुषी अनुराधा पाण्डेय ज्यूले श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छन् । उनको भोलि बिदाईको कार्यक्रम पनि रहेको छ । साथमा भोलि नै चर्चित कथा वाचिका देवी प्रतिभाको पनि आगमन रहने कार्यक्रम रहेको छ ।
अहिले कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ । त्यस्तै कार्यक्रममा देश विदेशका सन्त,महन्त लगायत जनप्रतिनिधी लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थित रहेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









