श्री गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान

पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतीक झाँकी प्रदर्शनी कार्यक्रम गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।

झाँकी प्रदर्शनीमा सहभागी समूहमध्य उत्कृष्ट समूलाई नगद सहित सम्मान पनि गरिने छ । जहाँ प्रथम हुने समूहलाई रु ३१ हजार १३१ सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने भएको छ । त्यस्का साथै दोस्रो हुने झाँकी समूलाई २५ हजार ५२५, तेस्रो हुने समूहलाई रु २१ हजार १२१ र चौथो हुने समूहलाई नगद रु १५ हजार ५१५ सहित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै कास्की जिल्लाभन्दा बाहिरबाट सहभागी हुने साँस्कृतीक समूहलाई आउने जाने बस भाडाको व्यबस्था गरेको पनि आयोजकले जनाएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









