प्रादेशिक स्वास्थ्य निर्देशनालयको उच्च भेगीय स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रादेशिक स्वास्थ्य निर्देशनालयको आयोजनामा बिहीवार पोखरामा उच्च भेगीय स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
निर्देशनालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला व्यक्तिको उपस्थित रहेको थियो । गण्डकी प्रदेशमा रहेका विभिन्न उच्च भेगीय स्थानहरुमा पदयात्रा पर्यटनको आकर्षण बढदै गएको छ ।
उच्च भेगीय पदयात्रा गर्दा पर्यटकहरुले स्वास्थ्यकर्मी बाट परामर्श लिनुपर्ने तथा आफनो स्वास्थ्य सम्बन्धी जानकारी गराउनुपर्ने कार्यक्रममा उपस्थित वक्ताहरुले बताउनुभएको थियो ।

नेपालको प्राकृतिक सुन्दरता र भौगोलिक विविधताको संगमलाई पर्यटकले खुशी र उमंगको साथ अवलोकन गदै रमाउँछन ।
तर, समयमा उचाइ रोगको सावधानी नअपनाए क्षणभरमै पर्यटकले खुशीलाई गुमाउनु पर्ने अवस्था सृजना आउनसक्ने बताएका थिए ।

नेपालका विभिन्न पहाडी भेगमा पदयात्रा गर्नुपुर्व शरीरलाई तयारी अवस्थामा राख्नुपर्ने औल्याए
त्यस्तै उक्त कार्यक्रममा उपस्थित सरोकारवाला व्यक्तिहरले हाई अल्टिच्यूडको बारेमा ज्ञान हुनु जरुरी रहेको बताएका थिए भने सकभर औषधी सेवान नगर्ने यदि औषधी प्रयोग गरेमा ४८ घण्टा सम्म प्रयोग गर्नसकिने बताए।
उक्त आयोजित कार्यक्रममा उच्च भेगमा पदयात्रा गर्न गएका व्यक्तिहरुले आफनो अनुभव र भोगाइको प्रतिक्रिया राखेका थिए ।
उच्च भेगमा पदयात्रा गर्दा शरिरमा अक्सिजनको मात्र कम हुनेहँुदा स्वास्थ्यमा विभिन्न समस्या आउने गर्छन्।
राती भूतले तर्सायो तथा डराउन दियो भन्ने भ्रामक सन्देशको पछि नलाग्ने बताए ।
उच्च उचाई रोगका बिरामीहरुमा विभिन्न किसिमका लक्षणहरु देखा पर्छन् , जस्तै ः टाउको दुख्ने , थकान लाग्ने , कम भोक लाग्ने , वाकवाकी लाग्ने आदि । उच्च रोगका संवेदनशीला भएका व्यक्तिहरुले चिकित्साको सल्लाह बमोजिम परामर्श लिनुपर्छ । मुटुको समस्या , उच्च रक्तचाप , गर्भवति महिला , लामो समयदेखि बिरामी एवं पुरानो रोग भएका व्यक्तिहरुले उच्च भेगमा जाँदा विशेष सतर्कता अपनाउनुपर्ने वक्ताहरुले बताएका थिए ।

उच्च भेगमा जाँदा पर्यटकहरुको मृत्यूको संख्या बढ्दै गएकाले यसप्रति चासो तथा विभिन्न तालिम तथा प्रशिक्षणहरु दिनुपर्ने , नीतिगत रुपमा यस्ता कार्यक्रमलाई स्वास्थ्य मन्त्रालय , नेपाल सरकार लगायत सरोकारवालाहरुले यस्तो कुराको बेलैमा महत्तव र जानकारी दिनु जरुरी रहेको उपस्थित वक्ताहरुले कार्यक्रममा बताएका थिए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









