Breaking News
निष्ठावान प्रहरिको परिचय कमाउदै: तिवारी

माधब शर्मा । अहिले धेरै ठाउँमा सर्वसाधारण जनताको सेवामा खटिएका प्रहरीको बदमासीका घटना घटिरहेका छन् । बर्दिमा होस् या सिविलमा प्रहरीको ज्यादती बढ्दो छ । कहिँ कुटपिट कहिँ लुटपाट त कहिँ चोरी चारी पैठारी, घुसखोरी र बलात्कार जस्ता जघन्य अपराध प्रहरी बाटै पनि हुन थालेका छन् । यद्यपि नेपाल आमाका असल सन्तान एवं जनताको ज्युधनको सुरक्षामा अहोरात्र खट्छु भनेर सपथ खाने प्रहरी जवानको पनि यो देशमा कमि छैन ।

आफ्नो व्यक्तिगत जीवन भन्दा माथि उठेर रात दिन नभनी ड्युटीमा खटिने प्रहरी जवानकै सुचिमा पर्न सफल छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारी, उनले कार्यालयमा उत्कृष्ट, उदाहरणिय र सफल कार्यकाल पूरा गर्दै नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी काठमाण्डौ मानवश्रोत व्यवस्थापन शाखामा सरुवा हुन लागेका छन् । उनले प्रहरी प्रधान कार्यालय र गृह-मन्त्रालयले दिएको स्पष्ट आदेश र जिम्मेवारी अत्यन्त लगनशीलता, कर्तव्यनिष्ठा एवं प्रभावकारी ढंगले निर्वाह गर्दै आएका र विशेष गरी जिल्लामा उनले गरेको अपराध नियन्त्रण तथा अनुसन्धानको कार्य, जनसुरक्षा व्यवस्थापन, फरार व्यक्ति पक्राउ लगायतका कार्यमा उनको अग्रसरता र नेतृत्वले प्रहरी संगठनको गरिमा बढाएको छ ।

प्रहरी काम कार्वाहिमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको प्रत्याभूति  गराउने कार्य गरी नागरिक माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा उनले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । उनले आफ्नो नेतृत्वमा सञ्चालित प्रहरीद्वारा हुने दैनिक काम कार्वाहीमा चौविस घन्टाभित्रै आम नागरिकले  डिपिओ धनुषाको पेजमा राख्दा सर्वसाधारणले छिटो, छरितो र सहज रुपमा जानकारी पाएको, कानुनको प्रभावकारी कार्यान्वयन, मुद्दा फाँटमा देखिएका सुधार, अपराध अनुसन्धानमा ल्याएको शसक्तता, नागरिक मैत्री सेवामा नविनता प्राप्त गरेको जिल्ला बासिको भनाइ रहेको छ ।

जिल्लामा भएको चोरी, लागुऔषध कारोबार, घरेलु हिंसा, अवैधानिक सामान ओसारपसार, लगायत अपराधमा गिरावट आउनुका साथै विपद व्यवस्थापन देखि मानवअधिकार संरक्षण, कार्यन्वयन कार्यमा उनले समन्वयात्मक भुमिका खेल्दै आएको भन्दै विभिन्न सरोकारवा निकायहरुले समेत उनको प्रशंसा गरेका छन् । राजश्व संकलन सम्बन्धि द्धि-वर्षिय तुलानात्मक  शिर्षकहरुको विवरणमा विगतको भन्दा झण्डै १५८.८९%ले वृद्धि भइ रु ७४८१६९३६९ रहेको छ ।

 

उनले मध्येश प्रदेशको राजधानी समेत रहेको धार्मिक दृष्टिकोणले पनि नेपालको अद्वितीय मानिएको जानकि मन्दिर मिथिला संस्कृतिको केन्द्र रहेको हुनाले धार्मिक, संस्कृति, सामाजिक, आर्थिक गतिविधि हुने  र देश विदेशबाट आइरहने भिआइपि, भिभिआइपि धार्मिक , राजनैनिक नेताहरुको आवगमन भइरहने अवस्थामा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरि शान्ति सुरक्षा तथा अमनचयन कायम गरेका छन ।

जिल्लामा नौ लाख जनसंख्या भएको र चार लाख बाहिरी गरि करिब १३ लाख जनसंख्या रहेको अपराधीक गतिविधिको दृष्टिकोणले पनि भारतको बिहार सम्म सिमा जोडिएको कारणले लागुऔषद, हातहतियार, मानव बेचबिखन, चोरी र अधिक लुटपाट हुने ठाउँ रहेकोले त्यस्तो गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइ यस्ता गतिविधिलाई निस्तेज पार्न सक्रिय उनले दैनिक जसो भइरहने विभिन्न विरोध, प्रदर्शनमा पनि कमि ल्याएर जिल्लालाई शान्त बनाएका छन् । तत्कालीन समयमा धनुषा जिल्लाभित्र समस्या उत्पन्न हुँदा समस्या समाधानार्थ सम्बन्धित निकायहरुसँग छिटो-छरितो समन्वय गरि समाधान गरिएको छ । विभिन्न समस्या, अनैतिक गतिविधिहरुलाई समाधान गर्नको लागि moving from.filed action.paper plan कार्ययोजना तयार गरि यसको सिद्धान्तको आधारमा कामकार्वाही गर्न सहज भएको बताइएको छ ।

सर्वसाधारणको दीर्घकालीन हितकै लागि उनले नागरिक मैत्री सम्बन्धलाई प्रथामिकतामा राखि विभिन्न जनसम्पर्कका कार्यक्रमहरु अल्पसंख्यकसङ्ग प्रहरी, सवारी दुर्घटना रोकथाम तथा न्युनिकरण, प्रथाना प्रशिक्षण, विद्यालय प्रहरी, लघुसचेतानात्मक कार्यक्रम गरि जिल्लामा भइरहेका जातिय तथा धार्मिक  संस्था बिचको उग्र, बिद्रोह, सामाजिक सद्भाव खल्बलिने अवस्था रोक्ने, विभिन्न वडा, पालिका, राजौतिक पाटि बिच भएको एकआपसमा मनमुटाव लगायत विभिन्न सामाजिक समस्याहरु समाधानमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन ।

फलस्वरूप आफ्नो निष्ठावान प्रहरिको परिचय कमाउदै उनी यतिबेला नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी काठमाण्डौ मानवश्रोत व्यवस्थापन शाखामा सरुवा हुन लागेका छन् । नेपाल प्रहरीसङ्ग सम्बन्धित राम्रा नराम्रा समाचारका बिच तिवारीले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुखबाट उत्कृष्ट, उदाहरणिय र सफल कार्यकाल पूरा गर्दै बिदा हुने क्रममा छन् ।

कोटिहोम विराट ज्ञान महायज्ञको एक सय हवनकुण्डमा हवन सुरु

पोखरा, १९ वैशाख । पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विधिपूर्वक हवन सुरु गरिएको छ ।

महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय  हवन कुण्डमा शुक्रवार देखि हवन सुरु गरिएको हो ।  बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन कुण्डमा हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गते सम्म चल्ने छ ।

हवन कुण्डको मूल मण्डपमा व्रामणहरुको पुजा विधिबाट महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी तथा उनका  बुबा मनि राम भण्डारी र आमा जानका भण्डारीले विधिवत् रूपमा अग्नि मन्थन, अग्निमा समिधा दान र अग्नि कुण्डमा आहुति प्रदान गरी हवन सुरु भएको हो ।

‘यो ऐतिहासिक महायज्ञको मुख्य कार्यक्रम एकै ठाउँमा एक सय वटा हवन कुण्डमा हवन प्रारम्भ भएको छ’ महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी भने, ‘ परोपकारले धर्म बढ्छ, सेवा भावले जीवन पवित्र हुन्छ, त्यसैले आउनुहोस् यो विशाल महायज्ञमा।’

उनले वृहत् धार्मिक कार्यक्रममा दान दक्षिणा, अन्नजल वा श्रमदान गरेर आत्माकल्याण तथा समाजसेवामा टेवा पु¥याउन आग्रह गरे ।
मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा सञ्चालन भएको उक्त कोटिहोममा देशभर बाट ४ सय बढी ब्राह्मण जम्मा भएर हवन गर्दै छन् ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।

कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् ।

हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३÷३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् । 

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजे सम्म चल्ने छ भने ११ बजे देखि १ बजेर १५ मिनेट सम्म विश्राम भई पुन ४ बजे सम्म हवन कार्य हुने छ ।

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पुणांहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ । हवन कुण्डमा बस्दा ब्राह्मण देखि चाहिने पुरै सामग्री आयोजकले नै व्यवस्था गर्ने छ ।

यसै गरी शनिवारदेखि महायज्ञ परिजन खुल्ला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजन प्रतियोगितामा देशभरबाट करिब ३ सयको समूहले प्रतिस्पर्धा गर्ने खुल्ला भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ३ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने समूहलाई २ लाख ५५ हजार ५ सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार ५ सय ५५ तथा सान्त्वना हुने दुई समूहलाई  ६५÷६५ हजार रहेको उनले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार रहेको छ । वैशाख १९ गते शनिवारका लागि पालो परेका सम्पूर्ण प्रतियोगिहरुलाई प्रतियोगितामा सहभागी भइदिन उनले आग्रह गरे ।

महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति रहेका छन् ।
वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा बाचिका देवी प्रतिभाले कथा वाचन सँगै शुक्रवार बिदाइ गरिएको छ । शुक्रवार देखि व्यास आचार्य प्रशान्त कृष्ण परांकुश लगायत अन्य साधु सन्तले महायज्ञमा कथा वाचन गर्ने आयोजकले जनाएको छ।

महायज्ञका प्रदेश तथा केन्द्रीय सरकार सांसद, विभिन्न धार्मिक तथा सामाजिक अभियन्ता सञ्चारकर्मी तथा भक्तजनको उपस्थिति बढ्दै गएको छ ।

कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने प्रयास

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ ।
उनको बिदाईमा सबैका आँखा रसाए, कोटीहोम स्थल छोरीको विवाह घरजस्तै बनेको थियो । देवीको ‘प्यार से बोलेन’ भन्ने शब्द सम्झिएर भक्तजनसहित आयोजकका मन भारी थिए । उक्त क्षणमा स्वयं देवी प्रतिभाको आँखामा आँशु टिल्पिलाए ।
कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले फूलैफूलले पूजा गर्दै देवी प्रतिभाको बिदाई गरेका थिए । देवीसहित उनको टिममा रहेर पोखरा आइपुगेका सबैलाई आयोजक मानवसेवा फाउण्डेशनले सम्मानसहित बिदाई गरेको थियो ।
देवी प्रतिभाको बिदाईमा संकल्पकर्ता विजय कृष्णमूर्ति निकै रोएका थिए भने अभिनन्दपत्र पढेर सुनाउने क्रममा भक्कानिदै पढ्नै नसक्ने अवस्थामा पुगेका थिए । सो बेला कोटीहोम स्थल चकमन्न बनेको थियो ।


देवी प्रतिभा वैशाख ५ गते पोखरा आएकी थिइन् । उनी शुक्रबार बिहानै पोखराबाट भारत प्रथान गर्दैछिन् । उनी आइतबादेखि झारखण्डमा देवीमार्फत कथा वाचन हुने बताइएको छ ।
जेठ १० देखि १६ गतेसम्मा देवीलाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।
कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरु प्रशन्न हुनुभो ?’ भनेर प्रश्न गर्दा भक्तजनले् ठूलो स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर हामीलाई अन्य कथा पनि सुनाउनु’ भनेका थिए ।
शुक्रबारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।