वित्तीय सुरक्षा र बीमा सचेतना र्याली गर्दै पोखरामा मनाइयो ५७ औँ बीमा दिवस

पोखरा । पोखरामा यस वर्षको ५७ औँ बीमा दिवस “सबैका लागि बीमा, सुरक्षित भविष्यका लागि आधार” नारासहित जनचेतनामूलक कार्यक्रम गरि मनाएको छ ।
पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस (एसजिबिआइ) का विद्यार्थीहरूले स्थापना गरेको ‘बीमा, बैंकिङ तथा लगानी अध्ययन समूहको आयोजनामा लेखनाथ स्थित पोखरा विश्व बिद्यालय देखि पवार हाउस सम्म सचेतना र्याली गरि बीमाको महत्त्वबारे जानकारी दिदै दिवस मनाएको हो ।

बीमा क्षेत्रका विज्ञ, विद्यार्थी, स्थानीय समुदाय गरि करिब २ सय भन्दा बढीको उपस्थिति रहेको र्यालिमा बीमा गीतसहितको नृत्य, सडक नाटक र बीमासम्बन्धी नारा रहेका प्लेकार्ड प्रदर्शन गर्दै स्थानीयको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमले बीमाको आवश्यकता, यसका फाइदा र सामाजिक सुरक्षामा यसको भूमिका र बिमा प्रति नागरिकको चासो बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको बिश्वास गरिएको छ ।
कार्यक्रमको उद्घाटन स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले ब्यानरमा हस्ताक्षर गरी गरेका थिए। एसजिबिआइका अध्यक्ष कुसुम श्रेष्ठले बीमा केवल नाफाको साधन होइन, यो सामाजिक सुरक्षा र जोखिम व्यवस्थापनको बलियो आधार भएको बताइन् । “कार्यक्रममार्फत बीमाको व्यावहारिक महत्त्व आम नागरिकसम्म पुर्याउन खोजेका छौँ।” उनले भनिन “आगामी दिनमा पनि वित्तीय साक्षरतासम्बन्धी थप रचनात्मक र जनमुखी कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौँ । कार्यक्रम सचिव अनुभूति घिमिरेले सञ्चालन गरेकी थिइन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18212, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २६, मंगलवार २१:२४अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो
समाचार२०८३ श्रावण २५, सोमबार १०:५१पोखराका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेका १८ जना पक्राउ
समाचार२०८३ श्रावण २२, शुक्रबार २३:०८पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा









