उडान गर्नुअघि एक जना प्याराग्लाइडिङ पाइलटले गरेका थिए मापसे-लापसे

पोखरा । पोखराको साहसिक खेल प्याराग्लाइडिङलाई सुरक्षित बनाउन प्रहरीले कडा जाँच गरेको छ। सोमबार कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाको अगुवाइमा पोखरा–२४, मान्द्रेढुङामा पुगेर प्याराग्लाइडिङ उडान गर्ने पाइलटहरूको मादक पदार्थ (मापसे) र लागूऔषध (लापसे) जाँच गरियो। यो जाँचमा एक जना पाइलटले रक्सी र लागूऔषध दुवै खाएर उडान गर्न लागेको भेटियो।
प्रहरीले पोखरा–२४ का विशाल बहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा भेट्टाएकाे हाे । उनलाई तुरुन्तै नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको प्रहरी प्रमुख ओलियाले बताए। यो जाँच गोप्य सूचनाको आधारमा गरिएको थियो। कतिपय पाइलटले रक्सी वा लागूऔषध खाएर उडान गर्ने गरेको गुनासो आएपछि प्रहरीले छड्के जाँच गरेको हो।
जाँच टोलीमा प्रहरी प्रमुख ओलिया, वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौला, नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसी र महासचिव बलराम आचार्य सहभागी थिए। मान्द्रेढुङामा उडान गर्न पुगेका ३९ पाइलटको मापसे जाँच गरियो। तीमध्ये १४ जनाको लापसे जाँच गर्दा एक जनाले रक्सी र लागूऔषध दुवै खाएको पाइयो। बाँकी ३८ जना भने कुनै नशाको प्रभावमा नभएको प्रहरीले जानकारी दिएकाे छ ।

“हामीलाई पाइलटहरूले नशा गरेर उडान गर्ने गरेको सूचना आएको थियो। त्यसैले सत्यतथ्य पत्ता लगाउन जाँच गर्यौँ,” प्रहरी प्रमुख ओलियाले भने। यो जाँचले पाइलटहरूलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराउन र यात्रुको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने उनको भनाइ छ।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले प्रहरीको यो कदमले पाइलटहरूलाई थप जिम्मेवार बनाउने बताए। “पहिलोपटक प्रहरीले यस्तो जाँच गरेर सुरक्षाबारे जानकारी दियो। यसले हामीलाई आफ्नो पेशालाई अझ सुरक्षित बनाउन प्रेरणा मिलेको छ,” उनले भने।
पोखरामा ४०० भन्दा बढी पाइलटले प्याराग्लाइडिङको लाइसेन्स लिएका छन्, तर अहिले २७० जनाले मात्र उडान गर्छन्। यहाँ प्याराग्लाइडिङको शुल्क ८,५०० रुपैयाँ छ। यो खेल पोखराको पर्यटनको ठूलो आकर्षण हो। प्रहरीको यो जाँचले पर्यटकको विश्वास बढाउन र प्याराग्लाइडिङलाई सुरक्षित बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18269, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २२, शुक्रबार २३:०८पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
समाचार२०८३ श्रावण २२, शुक्रबार ११:५७कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
समाचार२०८३ श्रावण २१, बिहीबार ०६:५४गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
समाचार२०८३ श्रावण १७, आईतवार २०:५२पोखरा–१७ मा फोहोर वर्गीकरणका लागि ५७० डस्टबिन वितरण









