सुनको मूल्य निरन्तर बढ्दो

काठमाडौँ, १ असार ।
गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ ।
गत जेठ २७ एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते रु एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार ०८:३५‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
खेलकुद२०८३ श्रावण ६, बुधबार २०:२९१२१ देशका ४७२ खेल पत्रकारले गरे मेस्सीलाई उत्कृष्ट खेलाडी घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १८:०९मन्त्रीको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल









