कालिका नगरपालिकाका २सय परिवारलाई सुधारिएको चुलो वितरण

चितवन- सामाजिक विकास तथा वातावरण संरक्षणमा सक्रिय संस्था सपना भिलेजले कालिका नगरपालिका वडा नं. १, ३, र ५ का २०० परिवारलाई सुधारिएको पोर्टे बल चुलो वितरण गरेको छ।
स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा चुलो वितरण गरिएको हो। यस अभियानमार्फत घरेलु वायु प्रदूषण घटाउने, इन्धनको खपत कम गर्ने र सर्वसाधारणको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले सुधारिएको चुलो प्रयोगले वन विनाशमा कमी, कार्बन उत्सर्जनमा नियन्त्रण र ऊर्जा– दक्षता सुनिश्चित गर्ने बताउनुभयो। उहाँले चुलो वितरणले स्वास्थ्य, सुरक्षासँगै वातावरणीय संरक्षणमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यो कार्यक्रम सपना भिलेजको ८० प्रतिशत लगानी र कालिका नगरपालिका तथा लाभग्राहीहरूको संयुक्त २० प्रतिशत लगानीमा सम्पन्न भएको हो।
सपना भिलेजको यो पहलले दिगो विकासका लागि स्थानीय स्तरमा भइरहेको सकारात्मक प्रयासको उदाहरण पेस गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल








