कास्कीमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन विशेष तयारी

पोखरा । कास्की जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९औं राष्ट्रिय दिवस (भदौ २०) विविध सचेतनामूलक कार्यक्रमसहित मनाइने भएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठकले यस सम्बन्धमा विभिन्न निर्णय गरेको हो।
बैठकले विगतका निर्णयको कार्यान्वयन समीक्षा गर्दै यस वर्षको राष्ट्रिय नारालाई “तीनै तहको सरकार मिली गरौं हातेमालोः मानव बेचबिखन हटाऔं दुष्चक्रको जालो” अनुसार दिवसलाई सृजनात्मक, सन्देशमूलक र प्रभावकारी ढंगले मनाउने निर्णय गरेको हो ।
यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी कार्यालय,नेपाल पत्रकार महासंघ कास्की, गण्डकी , पोखरा महानगरपालिका, जिल्ला समन्वय समिति, नागरिक समाज, गैरसरकारी संस्था महासंघ, शक्ति समूह, कोपिला नेपाल, श्री एन्जल्स नेपाल लगायतका सरोकारवाला संस्थाको सहभागितामा मूल आयोजक समिति गठन गरिएको छ।
दिवसका अवसरमा मनोरञ्जनात्मक व्यवसायमा कार्यरत श्रमिकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। सो अन्तरक्रिया शक्ति समूहको समन्वयमा, जिल्ला समिति तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको आयोजनामा भदौ २२ गते साइमन पार्टी प्यालेस, सिर्जनाचोक पोखरामा हुने भएको छ।
बैठकमा जिल्ला सरकारी वकिल कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, बालअधिकार तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्था, नागरिक समाज, नेपाल पत्रकार महासंघलगायतका सरोकारवालाको उपस्थितिमा कार्यक्रमका एजेन्डामाथि छलफल भएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19436, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार ०५:५१गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:००डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती







