माओवादीमा नारायणकाजीले कार्यबाहक अध्यक्षको मागे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने माग गरेका छन् ।
उपमहासचिव जनार्दन शर्माका अनुसार, आइतबार बसेको पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने प्रस्ताव अघि सारेका हुन् । उनले भने, ‘मंसिरमा महाधिवेशन गर्ने हो भने करिब दुई महिना मात्रै बाँकी छ । त्यस अवधिका लागि पनि मलाई कार्यबाहक दिनुपर्छ भन्ने माग उहाँले गर्नुभयो ।’
शर्माले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै भनेका थिए, ‘दिइदिनुस् न त उहाँलाई कार्यबाहक, दुई महिनालाई दिएर केही बिग्रँदैन ।’
उनको भनाइमा पार्टीले महाधिवेशनको मिति तोक्नु मात्र पर्याप्त नभई, त्यहाँ कार्यकर्ताले स्वतन्त्र रुपमा नेता छान्ने र नयाँ विचार प्रस्तुत गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19617, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १, शुक्रबार २०:५४कास्कीमा जिल्ला प्रशासनको वार्षिक प्रगति सार्वजनिक: फेवातालकाे सुरक्षादेखि बजार अनुगमनसम्मका विषयमा प्रश्न
समाचार२०८३ श्रावण १, शुक्रबार २०:२३उच्च अदालत पोखरामा ७५ प्रतिशत मुद्दा फर्छयाैट, न्याय सम्पादनलाई थप प्रभावकारी बनाइने
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट







