आजदेखि सुरु भयो नेपाल संवत् ११४६

काठमाडौं । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । नेवार समुदायले यस संवतलाई नयाँ वर्षका रूपमा विशेषरूपमा मनाउने गर्छन् ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले वि.सं. ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गर्नुभएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक राष्ट्रिय संवत्का रूपमा प्रचलनमा थियो, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले बताए ।
वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान सुरु भएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा भीमेश्वरलगायत क्षेत्रमा नेवार समुदायले आज नयाँ वर्षका रूपमा यो पर्व उत्सवपूर्वक मनाइरहेका छन् ।
गरिबको ऋणमोचन गरी सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेका शंखधर साःख्वालाई २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए । पछि २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए ।
कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा आज पनि काठमाडौँमा निरन्तर चलिआएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19846, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश








