स्वदेश फर्किए देउवा दम्पती

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पती शुक्रवार सिंगापुरबाट स्वदेश फर्कनु भयो ।
जेनजी आन्दोलनबाट गम्भीर घाइते हुनु भएका देउवा ,पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि कात्तिक १० गते सिंगापुर प्रस्थान गर्नु भएको थियो ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि उहाँहरूको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो ।
जेन जी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक हुनु भएको थिथो ।
उक्त बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्नु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार ०८:३५‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
खेलकुद२०८३ श्रावण ६, बुधबार २०:२९१२१ देशका ४७२ खेल पत्रकारले गरे मेस्सीलाई उत्कृष्ट खेलाडी घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १८:०९मन्त्रीको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल









