चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

धादिङबेशी,  २१ मंसिर । धादिङको धुनिबेशी नगरपालिका–६, चालिसे स्थित पृथ्वी लोकमार्गमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको NL ०१ AB ४६५४ नम्बरको भारतीय कन्टेनरले सोहि दिशा तर्फ जादै गरेको बा.९५ प ३०७ नम्बरको मोटरसाईल समेतलाई एक्कासी ठक्कर दिदा ७ वटा सवारी साधन एकैपटक दुर्घटनामा परेका थिए ।

काठमाण्डौ बाट मुग्लिन तर्फ जादै गरेको एन एल १ एवी ४६५४ नम्बरको भारतीय कन्टेनर,काठमाण्डौ बाट गजुरी तर्फ जाँदै गरेको बा ९५ प ३०७ नम्बरको मोटरसाईकल,पोखरा बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १ प ९१७ नम्बरको पर्यटक बस, गोरखा बाट काठमाण्डौ तर्फ जाँदै गरेको ग १ ख ८५५ नम्बरको यात्रुबहाक बस, काठमाण्डौ बाट मुग्लिन तर्फ जाँदै गरेको जिजे ४ एजेठ ३२३१ नम्बरको ईन्डियन यात्रुबहाक बस, काठमाण्डौ बाट चितवन तर्फ जाँदै गरेको बा प्र. ०६–००१ ग ००११ नम्बरको सेकेण्डरी स्कुल रेडक्रसग्राम कालिका ६ को स्कुल बस र काठमाण्डौ बाट गजुरी तर्फ जाँदै गरेको ना ४ ख ७१५ नम्बरको ट्रक एकै पटक दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि मोटरसाईकल चालक रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा न २ स्थायी ठेगाना भई हाल थाक्रे गाउँपालिका वडा न ६ महादेवशेी बस्ने सेख अलि एसको उपचारको क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यू भएको छ । निजको आईतबार पोष्टमार्टम भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा भारतीय कन्टेनर, मोटरसाइकल, यात्रुवाहक बस, मिनिबसलगायत ७ वटा सवारी साधन क्षतिग्रस्त भएका छन् ।

हालसम्म दुर्घटनामा परेका ६४ जनाको डिस्चार्ज भई घर फर्किएको र ५ जनाको अहिले पनि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हाल ट्रमा सेन्टरमा उपचारार्थ भारतीय कन्टेनर चालक भारत धराम,पर्सा मन्जाघाट गोपालगन्ज बस्ने रावी आलमको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । त्यस्तै काठमाण्डौ तारकेश्वर न.पा. ४ बस्ने सिता पोखरेल,सोहि स्थान बस्ने आश्विन प्रजा,राधिका चेपाङ र सिर्जना अछामीको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।उनिहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   4   =