‘गोबर गणेश’ लिएर बल्छी धुर्वे दिग्गज कलाकारको आशीर्वादमा

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचार–प्रसारलाई थप तीव्र बनाएको छ।
विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली फिल्म क्षेत्रका दिग्गज व्यक्तित्वहरूलाई भेटेर फिल्मबारे जानकारी गराउने र आशीर्वाद लिने काममा व्यस्त छन्। यस क्रममा उनले महानायक राजेश हमाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, निर शाह, अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलालगायतसँग भेटघाट गरेका छन्।
भेटका क्रममा दिग्गज कलाकारहरूले बल्छी धुर्वेको मेहनत र इमानदारिताको मुक्तकण्ठले प्रशंसा गरेका छन्। सानो पर्दाबाट यात्रा सुरु गरेर ठूलो पर्दाको नायक र निर्देशकसम्म पुग्नु प्रेरणादायी रहेको उनीहरूको भनाइ छ।
वरिष्ठ कलाकारहरूले बल्छीको साहस र लगनशीलताले नयाँ पुस्तालाई मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्दै ‘गोबर गणेश’को सफलताका लागि शुभकामना दिएका छन्। दिग्गज कलाकारबाट पाएको साथ र हौसलाले फिल्मको टिम थप उत्साहित बनेको निर्माण पक्षले जनाएको छ।
एक साता अघि सार्वजनिक भएको ‘गोबर गणेश’को ट्रेलर करिब ३० लाख पटक हेरिएको छ। ट्रेलर हाल युट्युबको नम्बर १ ट्रेन्डिङमा छ। सामाजिक कथावस्तुमा आधारित हास्य र भावनाको मिश्रण रहेको फिल्मलाई लिएर दर्शकमा उत्सुकता बढ्दो छ।
बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा बनेको यो फिल्म आगामी माघ १ गते माघे संक्रान्तिको अवसर पारेर देशभरका सिनेमा हलमा रिलिज हुँदैछ।
फिल्ममा बल्छी धुर्वेसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायतको अभिनय रहेको छ।
तारानाथ न्यौपाने चिफ एडी रहेको फिल्ममा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन छ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। नेपालमा फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २, मंगलवार १४:०५प्रतिनिधि सभा बैठक( प्रत्यक्ष प्रसारण)
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २, मंगलवार ०९:२८डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १, सोमबार २१:३७जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १, सोमबार १८:०१धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु









