भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

लेखनाथ । भक्तपुर उद्योग बाणिज्य संघको भ्रमण टोलिलाई लेखनाथ उद्योग वाणिज्य संघमा शनिवार स्वागत गरि छलफल तथा अन्र्तकृया कार्यक्रमको आयोजना गरेको छ ।
वि.सं २०५८ माघ ५ गते लेखनाथ उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघ विच भातृत्व सम्बन्ध गाँसिएको र सो सम्बन्धलाई ताजगी बनाउदैं भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति टिमलाई लेखनाथमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले संस्थाका गतिविधिहरु, उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र संघबाट हुने कार्यक्रमका वारेमा चर्चा गर्नुहुदै लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति टिमलाई भक्तपुर उद्योग वाणिज्य संघमा भ्रमणको निम्तो समेत दिएका थिए ।
लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले विगतमा भातृत्व सम्बन्ध गाँस्नुको मुख्य उद्देश्य र पुराना दिन स्मरण गर्दै दुवै संघ विचको सहकार्यलाई मजबुद बनाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष क्रमश चतुराखर अधिकारी, सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी, बलराम ढकाल, छत्रधर आत्रेय, त्यसै गरि भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रोशनीमैया धौवन्जा, पुर्व अध्यक्ष शिवप्रसाद मानन्धर लगायतले दुई संस्था विचको सम्बन्ध र भाईचार बारे चर्चा गरेका थिए ।
करिब २५ वर्षको भातृत्व सम्बन्ध र दुई संघ विचको भाईचार र आत्मियता कायम गर्दै एक आपसमा अनुभव साटासाट गरिएको सो छलफल कार्यक्रममा दुवै संघले गरेका काम र आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बताएका थिए ।
दुवै संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन संघका महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन सहित समापन संघका बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20836, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म








