सहारा क्लवद्वारा राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिति राईलाई पुरस्कृत, २५ जनालाई सम्मानित

आहा ! रारा पोखरा गोल्ड कपको २५ औँ संस्करणको अवसरमा आयोजक सहारा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सहित आहा रारा पोखरा गोल्ड कप सफल पार्न सहयोग गर्नुहुने अन्य २५ जना व्यक्ति तथा संघ संस्थालाई सम्मान गरेको छ ।
पोखरा रंगशालमा मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटनको अवसरमा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिती राई नगद सहित सम्मान गरेको हो ।
खेलाडी राईलाई सम्मान पत्रको साथमा नगद ५१ हजार सहित पोखराका मेयर धनराज आचार्य क्लवका अध्यक्ष केशव बहादुर थापाले सम्मान गरेका हुन् ।
नेपाली फु्टवल खेलकुदको विकासमा राईले पुर्याएको योगदानलाई उच्च कदर गर्दै क्लवले उनलाई सम्मान गरेको क्लवका अध्यक्ष थापाले बताए । उक्त पुरस्कारको प्रायोजन भने खेलकुदकर्मी खेमबहादुर गुरुङले गरेका हुन् ।
त्यसै गरी सहारा क्लवले उक्त गोल्ड कपको रजत महोत्सवको अवसरमा २५ जना विभिन्न क्षेत्रका व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश के.सी., किरण के.सी., रोशन के.सी., गोल नेपालका विक्रम थापा, खेल पत्रकार अजय फुयाल, प्रकाश तिमिल्सिना, संचारकर्मी दिपेन्द्र श्रेष्ठ, गोर्खा मिडियाका मिलन तमु, दिलिप राई, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, समाजसेवी हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेम बहादुर गुरुङ, टिका बहादुर कार्की, सुनिल कुमार गुरुङ, फेवा सिटी हस्पिटल, बुद्ध एयर, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेम बहादुर गुरुङ, स्व.राजमान थकाली, दिपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् ।
आहा रारा पोखरा गोल्ड कप फु्टवल प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.आहा तथा रारा तयारी चाउचाउ० रहेको छ भने प्रतियोगितामा पोखरा महानगरपालिका संरक्षकका रूपमा रहेको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20847, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो
समाचार२०८३ श्रावण २५, सोमबार १०:५१पोखराका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेका १८ जना पक्राउ
समाचार२०८३ श्रावण २२, शुक्रबार २३:०८पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
समाचार२०८३ श्रावण २२, शुक्रबार ११:५७कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित









