म्याग्दीको महभीरमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माण सुरु भएको छ । एक करोड आठ लाख आठ हजार ९९२ रुपैयाँमा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम थालेको हो । गाउँपालिकाका सवइञ्जिनियर मोहम्मद करिमुल्लाह मियाँका अनुसार एक करोड ४९ लाख ९१ हजार ४९९ रुपैयाँ लागत अनुमान गरिएको योजनाको ठेक्का प्रक्रियामा १० वटा कम्पनीले प्रस्ताव गरेका थिए ।
सबैभन्दा कम रकम कबोलेको कम्पनीसँग ठेक्का सम्झौता भएको हो । चालु आर्थिक वर्षभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री दुईतले भवनमा दश वडा कोठा हुनेछन् ।
भवनको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शिलन्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि स्थानीयवासीले चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको रु एक करोडभन्दा बढी मूल्य पर्ने चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा निःशुल्क उपलब्ध गराउनुभएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिनुभयो ।
अघिल्लो कार्यकालमा गाउँसभाले महभिरमा वडा केन्द्र कायम गर्ने निर्णय गरेको थियो । साविक हिस्तान गाविसको केन्द्र टिकोटमा थियो । सङ्घीयतापछि पहिलो कार्यकालको सुरुदेखिनै हिस्तानको वडा कार्यालय महभिरमा भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १६:४१छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )









