७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा

काठमाडौं। नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’का रूपमा स्थापित सुशील पोखरेल लामो अन्तरालपछि पुनः निर्माणमा सक्रिय भएका छन्। करिब सात वर्षको विश्रामपछि उनले नयाँ फिल्म ‘परालको आगो’मार्फत सशक्त कमब्याक गरेका हुन्, जसले यतिबेला चलचित्र क्षेत्रमै उत्सुकता सिर्जना गरेको छ।
सशक्त कथावस्तुमा आधारित ‘परालको आगो’ सुरुदेखि नै चर्चा बटुल्न सफल देखिन्छ। सार्वजनिक पोस्टर र गीतहरूले दर्शकको ध्यान खिचिसकेका छन् भने निर्माताको आत्मविश्वासले फिल्मप्रतिको अपेक्षा अझ उचालिएको छ। सामान्यतया निर्माणपछि असुरक्षामा देखिने निर्माताभन्दा फरक, पोखरेलको आत्मविश्वासले यो प्रोजेक्टप्रति उनको दृढ विश्वास झल्काउँछ।
सुशील पोखरेल नेपाली सिनेमामा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी निर्माता हुन्। ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’ र ‘राधे’ हुँदै पछिल्लो फिल्म ‘यात्रा’सम्म उनले धेरै स्मरणीय फिल्म दिएका छन्। विशेषगरी ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ जस्ता फिल्मले उनको सफल यात्रालाई अझ बलियो बनाएका छन्।
उनी केवल निर्माता मात्र नभई दुई पुस्ताबीचको सेतुका रूपमा पनि चिनिन्छन्। पुरानो पुस्ताकी अभिनेत्री झरना थापासँग काम गरिसकेका पोखरेल अहिले उनकी छोरी सुहाना थापासँग ‘परालको आगो’मा सहकार्य गर्दैछन्। यसले नेपाली फिल्म क्षेत्रमा एउटा निरन्तरता र विरासतको झल्को दिन्छ।

फिल्ममा सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत मुख्य भूमिकामा देखिनेछन्। सामाजिक यथार्थ र गहिरो भावनालाई समेटिएको यो फिल्म आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् भने पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका छन्।
हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्। टिजर तथा ट्रेलर सम्पादन साहिल खानको रहेको छ भने पाश्र्व संगीत किरण तुलाधरको छ। संगीततर्फ शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १२:०७सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो
खेलकुद२०८३ श्रावण २९, शुक्रबार ०७:२६एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले फेवातालमा लिँदैछन् प्रशिक्षण









