युएई विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ, ७ वैशाख । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने दुई खेलमध्ये टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालमा पहिलो पटक फ्लड लाइटमा अन्तरराष्ट्रिय खेल हुन लागेको हो । यद्यपि यसअघि घरेलु प्रतियोगिता एनपिएल भने फ्लड लाइटमा खेलाइएको थियो । विश्वकपपछि नेपाली टोलीले अन्तरराष्ट्रिय खेल खेल्दैछ । नेपाल र युएई दुवै टोली भारत र श्रीलङ्कामा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप खेलेर आएका हुन् ।
युएई र नेपाल दुवै ट्वान्टी २० विश्वकपमा समूह चरणबाट बाहिरिएका थिए । ‘हेड टु हेड’मा नेपाल र युएई हालसम्म टि ट्वान्टीमा ११ पटक आमनेसामने भएका छन् । जसमा नेपालले ६ पटक जितेको छ भने युएई पाँच खेलमा विजयी भएको छ ।
नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सुन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, बासिर अहमद, गुलशन कुमार झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी छ्न ।
युएईको प्लेइङ ११ मा कप्तान मुहम्मद वसीम, अदीब उस्मानी, (विकेटकिपर) अलीशान शरफु, हरप्रीत भाटिया, सोहैब खान, अक्षदिप नाथ, मुहम्मद अरफान, खुजैमा बिन तन्भीर, मुहम्मद जुहैब, हैदर अली र जुनैद सिद्दिकी छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार १०:१८‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता
समाचार२०८३ जेष्ठ ११, सोमबार ०७:५४सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
खेलकुद२०८३ जेष्ठ १०, आईतवार २३:५७कप्तानबाट रोहित ‘आउट’, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो









