‘आइ एम जित बहादुर’लाई ‘यू’ प्रमाणपत्र, असार ५ गतेदेखि देशभर प्रदर्शनमा

काठमाडौं । अभिनेता तथा हास्यकलाकार जितु नेपाल (मुन्द्रे) निर्मित तथा अभिनित नेपाली चलचित्र ‘आइ एम जित बहादुर’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल (यू)’ प्रमाणपत्र प्राप्त गरेको छ। उक्त प्रमाणपत्रसँगै चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी देशभर प्रदर्शनको अनुमति दिइएको छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता स्वयं जितु नेपाल हुन्। चलचित्रमा निरज नेपाल र निश्चल कुँवर कार्यकारी निर्माताका रूपमा रहेका छन् भने निर्देशन भारतीय फिल्मकर्मी सुभेन्दु राज घोषले गरेका छन्। चलचित्रको अवधि २ घण्टा १३ मिनेट रहेको छ।
चलचित्रमा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सराह शर्मा, अंशु महर्जन, पवन खतिवडा (बाबा), निरज नेपाल, राजन सिम्खडालगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रले गाउँबाट सहर आएर कलाकार बन्ने सपना बोकेको एक युवाको संघर्षपूर्ण यात्राको कथा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्रको कथा तथा निर्देशन सुभेन्दु राज घोषकै रहेको छ। यसअघि सार्वजनिक भएका टिजर, ट्रेलर तथा शीर्ष गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमको दाबी छ। विशेषतः चलचित्रको शीर्ष गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ।
चलचित्र आगामी असार ५ गते (जुन १९, २०२६) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।
फिल्मकर्मीहरूका अनुसार ‘आइ एम जित बहादुर’ जितु नेपालको अभिनय यात्रामा फरक स्वादको चलचित्र बन्न सक्ने अपेक्षा गरिएको छ। चलचित्रमा उनलाई केवल हास्य कलाकारका रूपमा नभई भावनात्मक र संघर्षशील पात्रको भूमिकामा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई उनको नयाँ अभिनय आयामसँग परिचित गराउने विश्वास गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









