डी सिने अवार्ड सम्पन्न,’अन्जिला’ ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड

डी सिने अवार्ड सम्पन्न,’अन्जिला’ ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड

काठमाडौँ। छाँयाछवी क्रियशनको आयोजनामा निरन्तर आयोजना हुदै आइरहेको डी सिने अवार्डको १७ औं संस्करण सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहले चलचित्रत्र एवं चलचित्रकर्मीहरुलाई प्रोत्साहित गरेको छ । नेपाली चलचित्र उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन एवं सम्वद्र्धन गर्न आयोजना गरिएको यस किसिमको अवार्डले सम्पुर्ण चलचित्र, चलचित्र उद्योग, चलचित्रकर्मीलाई प्रोत्साहित गरिरहेको विश्लेशण चलचित्रकर्मीहरुले गरेका छन् ।

१७ औं सस्करणको डी सिने अवार्डमा चलचित्रकर्मी रजत सम्मान पनि प्रदान गरियो । यस संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए । यस्तै रेखा फिल्म्स छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए । कार्यक्रममा विभिन्न कलाकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकर्मी हाँस्य कलाकार गोपाल ढकाल छन्दे अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल , गायिका मिना नेपाली सम्मानित भइन भने कार्यक्रममा व्यवसायी एवं समाजसेवी विश्वराम माकजु सम्मानित भए ।

अवार्ड समारोहमा बोल्दै प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य एवं यसले पार्ने प्रभावको बारेमा प्रष्ट पारे । सोही अवसरमा कार्यक्रमका अध्यक्ष शान्तिप्रियले १७ औं संस्करण सम्म आइपुग्दा डी सिने अवार्डको आरोह अवरोहको बारेमा प्रकाश पारे । अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु उपस्थित थिए भने चलचित्रकर्मी एवं चलचित्र पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा मोडेल कलाकार अस्मिता पुरीले नृत्य प्रस्तुत गरिन भने कार्यक्रमको उद्घोषण निराजन भण्डारीले गरेका थिए ।

२०८१ मा रिलिज भएका चलचित्रहरुमा आधारित १७ औं संस्करणको डी सिने अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड क्रमश पुर्ण बहादुरको सारङ्गीका लागि विजय बराल एवं बेहुली फ्रम मेघौलीका लागि स्वस्तिमा खड्काले पाउन सफल भइन भने सोही अवसरमा उत्कृष्ट चलचित्र अञ्जिला बन्न सफल भयो । निर्देशकका रुपमा अञ्जिलाबाटै मिलन चाम्स पुरस्कृत भए ।
१७ औं डी सिने अवार्डमा विजेताहरु यस प्रकार रहेका छन् ।
उत्कृष्ट चलचित्र :
अञ्जीला – मुन लभ इन्टरटेनमेन्ट प्रा. लि प्रेम कुमार श्रेष्ठ निर्माता
उत्कृष्ट निर्देशक :
मिलन चाम्स – अञ्जीला
उत्कृष्ट अभिनेता :
विजय बराल – पूर्ण बहादुरको सारङ्गी
उत्कृष्ट अभिनेत्री :
स्वास्तिमा खड्का – बेहुली फ्रम मेघौली
उत्कृष्ट सह अभिनेता :
जीतु नेपाल – कार्साङ
उत्कृष्ट सह अभिनेत्री :
ऋचा घिमिरे – तेल भिसा
उत्कृष्ट चरित्र अभिनय :
राजबल्लभ कोइराला – एक्टर टेक वान
उत्कृष्ट नव निर्देशक :
चन्द्र पन्त – ह्रस्व दीर्घ
उत्कृष्ट लेखन :
लक्ष्मण सुवेदी – सतिदेवी
उत्कृष्ट छायांकार :
पुरुषोत्तम प्रधान – पिताम्बर
उत्कृष्ट सम्पादक :
वन्दे प्रसाद – पिताम्बर
उत्कृष्ट गीतकार :
सुरेन्द्र राना – रुकुम मैकोट – खुश्मा
उत्कृष्ट संगीतकार :
अर्जुन पोखरेल – कसम बत्तिको – ज्वाइँ साब
उत्कृष्ट गायक :
सविन सुवेदी – बिहे भाको छैन – छक्का पञ्जा ५
उत्कृष्ट गायिका :
बेनीशा पौडेल – बिहे भाको छैन – छक्का पञ्जा ५
उत्कृष्ट द्वन्द्व निर्देशक :
अष्ट महर्जन – एक्टर टेक वान
उत्कृष्ट नृत्य निर्देशक :
रामजी लामीछाने – जुनिजुनि भरिलाई – दुखी आत्मा
उत्कृष्ट जुरी अवार्ड :
कृषा चौलागाई – पिताम्बर

यो पनि पढ्नुहोस् :  ग्रामीण श्रमजीवीको कथा बोकेको चलचित्र ‘हली’

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   3   =